धनगढी । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–३ दुधढल्लाबाट प्रहरीले ४ किलो ८४५ ग्राम लागु औषध चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारीअनुसार सोमबार दिउँसो करिब १२ बजेतिर जयपृथ्बी राजमार्गमा बझाङको बागथलाबाट धनगढीतर्फ जादै गरेको सु.प.प्र. ०१–००१ च ३९३३ नम्वरको जीपबाट लागु औषध चरेश जस्तो देखिने पदार्थ बरामद भएको हो ।
प्रहरी चौकी स्याडी, बझाङबाट खटिएको प्रहरी टोलीले ईन्ट्री पोष्टमा चेकजाँच गर्दा लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थसँगै जीप चालक बुंगल नगरपालिका–२ दहबगर पौटाका २९ वर्षीय दिपक धामी र सवारी धनी ४५ आईते धामी समेत नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
राणाको कारण देश बनेन भनेर राणा फालियो, देश विकास भएन । राजाको कारण देश बनेन…
गोविन्द बोहरा, (युएई) । सुदूरपश्चिमेली नेपाली समाज युएई क्षेत्रीय समितिको अधिवेशन सम्पन्न भएको छ ।…
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल स्टार…
काठमाडौँ । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै गठी गरेको आरोपमा नक्कली ‘पिए’लाई आज…
धनगढी । एसिसी महिला यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल…
गगन अयडी, (बाजुरा) । बाजुरामा दुई वर्षअघिको बाढीपहिरोबाट विस्थापित परिवारका लागि नमुना बस्ती बनाएर हस्तान्तरण…
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल स्टार…
धनगढी । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन…
प्रतिक्रिया