प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
साथै उनले देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन् ।
Advertisement
चितवनमा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई उनले निर्देशनसमेत दिएका छन् ।
साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि तीनै तहका सरकारलाई उनले अपिल समेत गरेका छन् ।
Advertisement
Advertisement
डोटी, बुढर — आर्थिक तथा वित्तीय क्षेत्रका विज्ञ डा. शैलेन्द्र प्रकाश सिंहले शुक्रबार डोटीको बुढारमा…
सफाइ तथा सरसफाइ सामग्री उत्पादन र वितरणमा अग्रणी रहेको सदित्य ट्रेड कन्सर्न प्रा.लि. ले मिनबहादुर…













प्रतिक्रिया