धनगढी । नेपालले यूएईमा जारी आईसीसी यू१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११:१५ बजेदेखि शुरु हुदै छ ।
प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू१९ महिला टी २० विश्वकपमा छनोट हुनेछ ।
धनगढी । स्थापनाकाल देखिनै सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय बेला-बेलामा विवादित बन्दै आइरहेको छ…
धनगढी । सुदूरपश्चिम आज ‘साक्षरङ्घ जिल्ला घोषणा भएको छ । साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर’…
काठमाडौं । अवहेलना मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक…
धनगढी । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐनका लागि २ साउनसम्म पर्खने निर्णय गरेको छ…
काठमाडौं । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले मङ्गलवार पनि…
काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा तीन वटासम्म…
धनगढी । चुरे गाउँपालिकाको पहिचानका रुपमा रहेको गर्भा दरबार भत्किन थालेको छ । संरक्षण नहुँदा…
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गते भित्र विद्यालय शिक्षा सम्बन्धी…
प्रतिक्रिया