गोविन्द बोहरा, (युएई) । सुदूरपश्चिमेली नेपाली समाज युएई क्षेत्रीय समितिको अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले सन्तोष भट्टको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा सरिता साउँद, सचिवमा संबिधान चटौत, सहसचिवमा सुरेन्द्र साउँद, कोषाध्यक्षमा अशोक बोगटी र सहकोषाध्यक्षमा अविनास बोगटी सर्वसम्मतीले चयन भएका हुन् । त्यसैगरी, सदस्यहरुमा लक्ष्मण पैतोला, कामना जोरा, पूजा खत्री, प्रकाश गिरी, महेन्द्र शाही र करिष्मा बोहरा सर्वसम्मतीले चयन भएको अध्यक्ष भट्टले बताए ।
Advertisement
सुदूरपश्चिमेली नेपाली समाज युएईको अधिवेशनमा केन्द्रिय उपाध्यक्ष नरेशप्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष भट्टले प्रवासीहरुलाई एकसुत्रमा बाँध्नका लागि कमिटी गठन गरिएको बताउँदै स्वदेश तथा विदेशमा रहेका पीडित नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको घाउमा मलम लगाउन अहम भूमिका निर्वाह गर्ने बताए । उनले निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।
सुदूरपश्चिमेली नेपाली समाज युएईको अधिवेशन अमित चटौतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया