काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दैछिन् । भण्डारीले शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटबाट आफ्नो धारणा सार्वजनिक गर्न लागेकी हुन् ।
गत मंगलबार सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो । असार १४ गते ७४औं मदनजयन्तीका दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको यात्रामा बिराम लगाउनेगरी एमालेले निर्णय गरेपछि अब के गर्ने भन्ने धारणा सुनाउन उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
Advertisement
भण्डारीले पत्रकार सम्मेलनमा आफूनिकट नेता–कार्यकर्ताहरूलाई बोलाएकी छन् । एमाले केन्द्रीय कमिटीको निर्णयलाई उनले राजनीतिक एवं कानुनी प्रतिवादको तयारी गरेकी छन् ।
Advertisement
No popular posts found.












प्रतिक्रिया