बझाङ । नजिकिँदै गरेको निर्वाचनसँगै बझाङ जिल्लामा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शैलेश कुमार सिंहले अघि सारेका स्पष्ट, व्यवहारिक र जनमुखी एजेन्डाले स्थानीय मतदाताको ध्यान तानेको छ। विशेषगरी भ्रष्टाचार अन्त्य, जनकल्याणको विस्तार र समग्र विकास सम्बन्धी प्रतिबद्धताले जिल्लाभर सकारात्मक सन्देश फैलिएको देखिन्छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति
Advertisement
रास्वपाका उम्मेदवार सिंहले बझाङमा लामो समयदेखि देखिँदै आएको घुसखोरी, बजेट दुरुपयोग र विकास आयोजनामा हुने अनियमितता अन्त्य गर्न कडा नीति अपनाउने प्रतिबद्धता जनाएका छन्।
- सार्वजनिक खर्चमा पूर्ण पारदर्शिता
- सरकारी कार्यालयहरूमा जवाफदेहिता सुनिश्चितता
- विकास आयोजनाको नियमित अनुगमन र सार्वजनिक लेखा परीक्षण।
जसले आम नागरिकमा सुशासनप्रति विश्वास बढाउनेछ ।
Advertisement
सामाजिक सुरक्षामा प्राथमिकता
त्यस्तै, सिंहले बझाङका नागरिकको जीवनस्तर सुधार गर्न जनकल्याणकारी कार्यक्रमलाई पनि एजेन्डा बनाएका छन्।
यस अन्तर्गत:
Advertisement
- दुर्गम बस्तीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच
- शिक्षा क्षेत्रमा सुधार र विद्यार्थीका लागि अवसर विस्तार
- युवाहरूका लागि रोजगारी तथा सीप विकास कार्यक्रम
- महिला, बृद्ध, अपाङ्ग र विपन्न वर्गका लागि सामाजिक सुरक्षा सुदृढीकरण ।
बझाङको स्पष्ट रोडम्याप
दुर्गम जिल्ला बझाङको दीर्घकालीन विकासका लागि उम्मेदवार सिंहले व्यवहारिक र दीगो विकास योजना प्रस्तुत गरेका छन्।
- सडक, पुल र यातायात पूर्वाधारको सुधार तथा विस्तार
- खानेपानी, सिंचाइ र विद्युत् सेवाको पहुँच बृद्धि
- कृषि आधुनिकीकरण र स्थानीय उत्पादन प्रवर्द्धन
- पर्यटन विकासमार्फत रोजगारी र आर्थिक समृद्धी ।
जस्ता कार्यक्रमहरूले जिल्लाबासीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ।
रास्वपाप्रति बढ्दो उत्साह र समर्थन
चुनावी अभियानका क्रममा बझाङका विभिन्न स्थानमा देखिएको जनसहभागिता, युवाहरूको सक्रियता र परिवर्तनप्रतिको बलियो चाहनाले सिंहप्रतिको समर्थन मजबुत बन्दै गएको संकेत गर्छ। स्थानीय बासिन्दाहरूले इमानदार, पारदर्शी र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याउँदै आएका छन्।
स्थानीयस्तरमा देखिएको जनसमर्थन र परिवर्तनकाे जनलहरले याेपटक बझाङमा रास्वपाका उम्मेदवार युवा व्यवसायी सिंहकाे जितको सम्भावना अधिकतम रहेको राजनीतिक विश्लेषकहरूको अनुमान छ। यस निर्वाचनले बझाङमा सुशासन र विकासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया