सुदूरपश्चिम सरकारद्वारा दोस्रो पञ्चवर्षीय योजनाका लागि सुझाव संकलन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना (२०८३/०८४-२०८७/०८८० को मस्यौदा तयार गर्दै प्रदेशवासीको गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य लिएको छ। धनगढीमा आयोजित कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगले प्रदेश सभा सदस्यहरूको सुझाव संकलन गरेको हो।

योजनामा उत्पादन वृद्धि, गरिबी निवारण, रोजगारी सिर्जना, दिगो पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जलवायु अनुकूलन, जैविक विविधता संरक्षण र सुशासनलाई प्राथमिकता दिइएको छ । साथै कृषि, पर्यटन, उद्योग, ऊर्जा, सूचना प्रविधि र सामाजिक विकास मुख्य क्षेत्रका रूपमा समेटिएका छन् ।

Advertisement

कार्यक्रममा सहभागी सदस्यहरूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन, प्राथमिकताअनुसार बजेट विनियोजन गर्न र प्रदेश गौरवका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

मुख्यमन्त्री कमलबहादुर शाहले पारदर्शिता कायम गर्न सबै मन्त्री, सांसद र कर्मचारीहरूको भ्रमण आदेश सार्वजनिक गर्न निर्देशन दिएका छन् । उनले प्रदेशको समग्र विकासका लागि सहकार्य आवश्यक रहेको र स्वास्थ्य संरचनाहरू सञ्चालनमा ल्याउन जोड दिएका छन् ।

Advertisement