जापानमा कीर्तिमानी गर्मी, कृषि क्षेत्रमा जोखिम

टोकियो । जापानमा आइतवार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ । गर्मीले जापानका ती स्थानहरूको कीर्तिमान तोड्ने अनुमान गरिएको छ ।

जापान मौसम सङ्घका अनुसार अत्यधिक गर्मीका कारण आउने उष्ण लहर अगस्ट वा सेप्टेम्बरसम्म जारी रहने अपेक्षा गरिएको छ । यसले स्वास्थ्यलाई मात्र नभई कृषि उद्यमलाई असर पार्दा र खाद्य सुरक्षाको जोखिम निम्त्याएको छ ।

Advertisement

यहाँको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको र १२ दिनमा पहिलो पटक १३० भन्दा बढी स्थानहरूमा कडा गर्मी भएको मौसम पुर्वानुमान कार्यालयको तथ्याङ्कले देखाएको छ । यसले देशभरका बालबालिकालाई लामो गर्मी बिदा दिन बाध्य बनाएको छ ।

जापानको शिजुओका सहर देशको सबैभन्दा तातो ठाउँ होे । यहाँ ३८.९ डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड गरिएको छ । टोकियो क्षेत्रको फुचु सहरमा तापक्रम ३८ डिग्री सेल्सियस रहेको छ । हाल टोकियोका केही क्षेत्रहरूको तापक्रम ३५.८ डिग्री सेल्सियस पुगेको छ ।

Advertisement