मौलिक संवाददाता
कञ्चनपुर, २५ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट लागूऔषध सहित दुई जना भारतीयलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको पेलभित जिल्ला सिघारा तहसिल पुरनपुर थाना हजारा उत्तर प्रदेशका २५ वर्षीय राजेन्द्र सिह र भारत राजस्थान ऐकिन ठेगाना खुल्न नआएको १६ वर्षीय कृसन सिंह रहेका छन् ।

प्रहरीको अनुसार उनीहरुबाट १२ ग्राम ६३० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ । दुवै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय