मौलिक संवाददाता

कैलाली, २५ बैशाख । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा निर्माण भइरहेको रिङ्ग रोडको कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । करिब १७ किलोमिटर लम्बाइ रहेको रिङ्ग रोडको पहिलो चरण अन्तरगत ३।५६ किलोमिटर सडक कालोपत्रे गर्ने काम भुखाली चोक बाट सुरु भएको हो ।

विश्व माहामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका बावजुद पहिलो चरणमा सडक कालो पत्रे गर्ने कार्य सुरु भएको छ ।

पहिलो चरणको ३।५६ किलोमिटर सडक निर्माणका लागि रेखा जे।बी। निमार्ण सेवा लम्की सँग १ करोड ५८ लाख ६० हजार ९ सय ५८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । काम सुरु भएको एक वर्ष भित्रमा ३ किलोमिटर ५६ दशम्लब मिटरको सडक कालो पत्रे भई सक्ने सम्झौतामा उल्लेख गरिएको छ । रिङ्गरोडको गत २०७८ पुस ७ गते नगर प्रमुख ममता प्रसाद चौधरीले एक कार्यक्रमका बिच शिलान्यास गरेका थिए ।

स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङ्गरोड निर्माण भइरहेको हो । सुखडको भुखाली चौकबाट पिपलडाडा, पूर्वी पेट्रोल पम्प ,बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौक सम्म करिब १७ किलोमिटरको रिङ्गरोडको निर्माण अवधि ३ वर्षको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय