धनगढी २४ बैशाख।  सिलगढी झिग्राना हुँदै खप्तड जोड्ने सडकको कालोपत्रेको प्रक्रिया सुरु भएको छ । प्रयटकिय प्रचुर सम्भावना बोकेको खप्तड क्षेत्रलाई मध्यनजर गर्दै सिलगढी देखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको प्रदेस सरकारले पिचको लागि एक बर्ष अघाडी करिव करिव ७८ करोड लागतमा ठेक्का भएको थियो ।
उक्त सडकको कालोपत्रे सिलगढी देखि झिग्राना सम्म हुने छ । आज करिव तीन सय मिटर कालोपत्रे भएको छ । यो आर्थिक बर्ष भित्रै झिग्राना सम्म कालोपत्रेको काम सकिने छ । सुदुर पश्चिमको भु स्वर्गको रुपमा परिचित खप्तड क्षेत्र पर्यटकको रोजाइको केन्द्र भएपनी खप्तड जाने बाटो नहुदा पर्यटकिय सम्भावना ओझेलमा परेको तितो यथार्तलाई मध्य नजर गर्दै २०६५ साल तिर हालका मुख्यमन्त्री त्रिलोचन भट्ट खप्तड बिकास क्षेत्रको अध्यक्ष हुदा सिलगढी बाट झिग्राना हुँदै खप्तड जोड्ने सडकको ट्र्यक खोलेको थिय ।
मुख्यमन्त्री भट्ट मुख्यमन्त्री हुने बित्तिकै खप्तड भु- स्वग हो तर स्वर्ग जाने बाटो छैन । कम्तिमा पनि बाटो बनायर पर्यटनलाई ब्यबसायिकरण गर्दै स्वरोजगार सिर्जना होस भन्ने ध्ययेले प्रदेश सरकार बाट सडक कालोपत्रेको लागि बजेट बिनियोजन गराएका थिय ।
कम्पनिले कम सुरु गरेपछी मुख्यमन्त्री भट्टले पटक पटक आफै अनुगमन निरिक्षेण गरेर समयमै काम सक्न ठेकेदारलाई निर्देशन दिदै अब खप्तडमा लाखौ पर्यटक भित्र्याउने बिश्वास ब्यक्त गर्नु भयो । अनुगमनको क्रममा काम समयमै सक्न निर्देशन पनि दिनु भएको थियो । उक्त सडक कालोपत्रे हुने भएपछि स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्रीने र प्रटन ब्यबसाय बड्ने भन्दै स्थानीय युवा खुसी भएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय