धनगढी, २९ बैशाख । अक्सिजन आपूर्ति ठप्प हुन थालेको भन्दै सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले कोरोना बिरामीको उपचार गर्न नसकिने जनाएका छन् । निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन)ले प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।

‘अक्सिजन आपूर्ति पर्याप्त भएन भने कोभिडका बिरामी भर्ना लिन नसकिने अवस्था आएको सबैमा जानकारी गराउँछौं,’ अफिन सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

निजी अस्पतालहरूको उक्त संगठनले अक्सिजन सहज रूपमा उपलब्ध गराउने वातावरण मिलाइदिन सरकारलाई अनुरोधसमेत गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय