धनगढी : टप केयर पोलिक्लिनिक फूलवारिले कैलालीकै हसुलियामा शाखा बिस्तार गरेको छ । कैलारी गाउँपालिकाको हसुलियामा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आज पोलिक्लिनिकको उद्घाटन गरेका हुन् । उद्घाटन भएसंगै पोलिक्लिनिक शनिवारदेखि सञ्चालनमा आएको छ ।

ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाको स्तर थप बढाउन फूलवारी शाखावाट हसुलिया शाखा बिस्तार गरेको संचालक हरिश बोहराले बताए । पोलिक्लिनिकलाई इमर्जेन्सी उपचार देखि ओपीडी सेवा सम्मको उपचारको लागि अत्याधुनिक पोलिक्लिनिकको रुपमा बिकास गरिने संचालक बोहराले बताएका छन् ।

ग्रामिण क्षेत्रमा विभिन्न प्रकारका रोगका बिरामी धामी झाक्रीले निको पार्छ भनेर घरमै उपचार गराउदा धेरै जनाको ज्यान समेत गईसकेको हुनाले सोहि क्षेत्रमा पोलिक्लिनिक स्थापना गरिएको संचालकले जानकारी दिए । ग्रामिण क्षेत्रमा विभिन्न रोग(व्याधी बढी हुने भएकाले अत्याधुनिक उपकरण र प्रविधि सहित पोलिक्लिनिकले सेवा दिने बोहराले बताए ।

पोलिक्लिनिकमा हाड जोर्नी तथा नशारोग, तल्लो पेट दुख्ने,पिसाब पोल्ने ,ढाड कम्मर दुख्ने ,महिना वारि गडबडि, महिनाबारिमा धेरै रगत बग्ने ,सेतो गनाउने पानी बग्ने ,निसन्तान ,पाठेघर खस्ने ,पाठेघरमा घाउ तथा मासु पलाएको स्तन दुख्ने ,भारी हुने , शरीरको कुनै पनि भागमा अस्वभाविक मासु गाठा, गुठि ,गिर्खा पलाएको अन्तर्गतका सबै सेवाहरु दिनेछ।

हप्ताको सातै दिन खुल्ला रहने यस पोलिक्लिनकले संचालनमा आएको अवसरमा आफ्ना हरेक ग्राहक तथा बिरामीहरुलाई एक महिनासम्म सबै खाले उपचारमा १० प्रतिशतसम्मको छुट दिने घोषणा समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय