-एकेन्द्र चन्द

डोटी ,१० जेठ । मुलुकको राजनीति फेरियो, नेतृत्व गर्ने व्यक्तिहरु फेरिए, जनताको जनजीविका फेरियो, रहनसहनको शैली फेरियो तर सुदुरपश्चिम प्रदेशको धरोहर मानिएको डोटी बडिकेदार वासीको समस्या उस्तै छ । उनीहरुको न राजनीतिक रुपमा रुपान्तरण हुन सकेको छ, न उनीहरुलाई विशेष आरक्षण राज्यले दिएको छ । न त मुलुकको संघात्मक लोकनतान्त्रिक संविधानले दिएको गुणस्तरीय शिक्षाको अधिकारको अनुभूति डोटी-बडीकेदार वासीलाई छ ।

विभिन्न समस्या झेल्दै आएका डोटी-बडीकेदार बासीका बालबालिकाहरुले खुल्ला आकाश मुनि पढ्न बाध्य छन् । जिल्लाको बडिकेदार गाउँपालिका वडा न २ मा रहेको बर्छैन माध्यमिक बिधालयमा कक्षा कोठाको अभावमा बालबालिकाहरु खल्ला आकाश मुनि बसेर पढ्न बाध्य भएका छन् । राज्यले बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकारको सुनिश्चित गरेपनि पठनपाठनको उचित वातावरण नहुँदा शिक्षा प्राप्त गर्न बडिकेदार गाउँपालिका वडा न २ बासीका बालबालिकालाई समस्या भएको छ ।

विद्यालयमा प्रर्याप्त भौतिक संरचना नहुदा त्यस क्षेत्रका बालबालिकाहरुले हिउँदमा खुल्ला आकाश मुनि बसेर पढन् बाध्य भएका छन् भने बर्षातको समयमा एउटै कक्षामा धेरै विद्यार्थीहरु बसेर पढ्न बाध्य छन् । पाच सय बढी  विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा कक्षाकोठा नहुँदा पालो अनुसार विद्यार्थीहरुलाई खुल्ला चौरमा पढाउनुपर्ने वाध्यता रहेको विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर बमले बताए ।

बर्षातको समयमा  र अन्य समयमा विद्यार्थीहरुलाई खुल्ला आकाश मुनि राखेर पढाउन बाध्य भएको उनको भनाई छ ।

यसप्रति सम्वन्धित निकाय ध्यान नदिएको उनको गुनासो छ । आफूहरुले विगत देखी नै पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको उनले दुखेसो गर्छन् । बिद्यार्थीलाई होस्टेलका साथै विद्यालयमा शिक्षक दरबन्दीको समेत अभाव भएको छ ।

विक्रम संवत २०१७ मा स्थापना भएको यस बिद्यालयले माध्यमिक तहको अध्ययन अध्यापनको अनुमति पाएसंगै बिशेष कक्षा (बौद्दिक अपांगता भएका व्यक्तिहरुका लागि ), प्राविधि तर्फ सिभिल इन्जिनियरिंग विषयमा पढाई सुरु गरेसँगै स्थानीय अभिभावकको आकर्षण सो विद्यालयमा बढेको हो । निजी बिद्यालयमा पढ्ने आफ्ना नानीहरुलाई सरकारी स्कूलमा अध्ययन अध्यापन गराउँदा आर्थिक अवस्था दयनीय भएका अभिभावकहरुलाई राहत पुगेको स्वयम् अभिभावकहरु बताउँछन् ।

संस्थागत अर्थात निजी विद्यालयको महँगो शिक्षाले अभिभावकको ढाड सेकेको भन्दै अभिभावकले आफ्ना नानीलाई अध्ययनका लागि स्थानान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय