सरिता कठायत
डोटी।  साझको खाना खाएर सुतेकी लक्ष्मी भाट र उनकि डेढ वर्षकी छोरी आधी रात नह्दै जलेर क्षतविक्षत् भएकी छन् । मध्य रातको समयमा मस्त निन्द्रामा छोरीलाई अंगालोमा च्यापेर सुतिरहेकी थिन लक्ष्मी । त्यहीबेला कोठाको स्यानो झ्यालबाट केहि आवाज आएको जस्तो आभाष भएपछी विस्तारै निन्द्रामै उठिन् । केहि गन्ध जस्तो कोठामा आईरहेको उनले थाहा पाइन् ।

मनमनै सोचिन कतै सोलार त जलिरहेको छैन भनेर सोलार राखिएको ठाउँमा हेरिन सोलार जलेको थिएन् ।  कोठाको चारै तिर हेरिन् उनले केहि देखिनन् अनि ओछ्यानमा पल्टिन मात्रै के खोजेकी थिन त्यही झ्यालबाट सानो ग्यालनले मटितेल जस्तै उनको कोठामा कसैले फाल्न खाजेको देखिन् । आत्तिदै उठेर कोठाभित्र बाट रोक्ने प्रयास त सकेजति गर्न खोजिन तर सकनिन् रोक्न उनले । डोटीको आदर्श गाउँपालिका वडा नं ४ रोडिङ्गे बस्ने २८ बर्षीया लक्ष्मी भाटका यि हुन दर्दनाक पिडा । दोस्रो चोटीत उनको शरिरमा पर्ने गरि प्रज्वलनशील पदार्थ छर्कि सलाई कोरेर कोठा भित्र फाल्न्  सुरु गरिहाल्यो ।

पहिलो सलाईको काँटित निभाइन उ निभाउन नपाउदै अर्को काँटी फालेर आगोले जिउमा टिपीहाल्यो उनको र छोरीको । शरिरमा बलिरहेको आगोबाट बच्न छोरीलाई समातेर कोठा बाहिर निस्किन त खोजिन तर बाहिरबाट ढोका बन्द गरिदिएको रहेछ त्यो अपराधिले । उनि बन्द कोठाभित्र बाट छोरिलाई अंगाल्दै एकोहोरो चिच्याउन थालिन । मध्यरातिको समय भएको कारण लक्ष्मीको चित्कार चिच्याहट् छिमेकीले समयमै सुन्न् सकेनन् । झ्याल सानो भएकोले उनले बाहिर निस्किन पनि सकिन् केहि समय पछि बजाउन आग्रह गरेर जोरजोरको चिच्याहट छिमेकीहरुले थाहा पाएर हतारहतार लक्ष्मीको कोठामा आए । तर अपराधि कतिबेला पो भागीसकेको थियो । त्यतिन्जेल सम्म त लक्ष्मी र उनको छोरी धेरै जलिसकेका थिए । पसलमा भएका सामानहरु पनि जलेर खरानी भैसकेका रहेछन् ।

राति अध्याँरो भएकोले मान्छे चिन्न सकिनँ आफु माथि छर्किएको प्रज्वलनशिल पदार्थ के हो भन्ने पनि छुट्याउन सकिन तर गन्धका आधारमा मटितेल हो भन्ने अनुमान गरेकि छन् । लक्ष्मी भन्छन् कोठाभित्र प्रज्वलन पदार्थ फालेको थाहा पाए लगतै बाहिर जान खोजे ढोका बाहिरबाट बन्द गरेको रहेछ जान सकिन ।
डोटीको शिखर नगरपालिका वडा नम्बर ११ सातमा बस्ने बुवा उदय राम ठगुन्ना र आमा लालि ठगुन्नाकी माइलि छोरी हुन लक्ष्मी । उनका दुई भाई दुई बैनि हुन उनले कक्षा ७ सम्म मात्रै पढेकी छिन आफनै रहरले बिचमै पढाई छोडेको  बताइन् । लक्ष्मीलाई २० बर्ष पुग्ने बितिकै घरमा बिवाहको कुरा चल्यो आमा बुवाले लक्ष्मीको बिवाह हुने कुरा पक्का गरे ।

हाल आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे बस्ने सन्तोष भाट सँग हिन्दु परम्परा अन्तगर्त सँगै जिउने सँगै मर्ने बाचा सहित बिवाह सु सम्मपन गरियो । बिवाह भएसँगै दुख,सुख साटासाट गरेर दिनचर्या बित्दै गयो । बिवाह गरेको एक बर्ष पछि लक्ष्मी र सन्तोषको पहिलो सन्तानको रुपमा छोरी जन्मिन घरपरिवारमा सबै जना खुसि भए । सन्तोष गाडि चालक हुन उनको आफनै बोलेरो जिप छ चालक पनि आफै हुन । सन्तोषले घरखर्च राम्रोसँग चलाउदै थिए । जेठी छोरिलाई ३ बर्ष पुगेपछि लक्ष्मीको फेरि अर्को छोरि जन्मिन यतिबेला सम्म दुबै जनाको सम्बन्ध प्रेमिल नै थियो । आफुसँगको सम्बन्ध राम्रो हुदाहुदै सन्तोषले नजिकैको  गाउँको अर्को केटी लाई मन पराएर घरमा ल्यायो  ।

त्यति माया गर्ने श्रीमानले बिवाह गरेको सुनेपछि आकाश बाट खसे जस्तै सारा संसार ध्वस्त भएको जस्तै उनका मनमा पिडाहरु मडारीए । त्यसपछि उनले अब आफु एक्लिएको महसुस मात्रै गरिन् । श्रीमानलाई बहुबिवाहको मुद्धा हाल्न तर्फ उनले कुनै चासो देखाइनन् । स्थानिय तहबाट र माइतिहरुले दोस्रो बिवाह गरेको थाहा पाए लगतै सन्तोषलाई बहुबिवाहको मुद्धा हाल्ने कुरा भयो तर मुद्धा हाल्न लक्ष्मीले आफैले मानिनन् । मनमा अनेकौं पिडा त बल्झिदै थिए श्रीमान प्रतिको माया भने फिटिक्कै नघटेको हुनाले मुद्धा हाल्न रोकेको उनले भन्छिन । अर्को श्रीमति ल्याएपछि कहाँ पहिले जस्तो माया पाउनु तर पनि छोरीहरुको र आफनो खर्च व्यहोरर्ने कुराले आफु सन्तुष्ट भएको बताउछिन् लक्ष्मी । अब श्रीमान,सासु,ससुराबाट आफु एक्लै बस्ने निधो गरिन् । उनकी दुइवटा छोरीहरु आफनो बाजे बज्यै सँगै बस्छन् ।

उनलाई परिवारबाट छुटिएर एक्लै बस्न सकस भयो । समय बिताउनकै लागी गाउँमै भएपनि सानो खुद्रा पसल हाल्न श्रीमान सँग हाग्रह गरिन र पसल पनि हालिदिए सन्तोषले । उनले अर्को श्रीमतिको लागी पनि घरभन्दा टाढा पसल हालिदिए । कहिलेकाहिँ लक्ष्मीको घरमा आउने जाने भैरहेको थियो सन्तोषको त्यहीँ बिचमा अर्को छोरीको जन्म भयो उनि अहिले डेढ बर्षकी भइन् । दोस्रो बिवाहले लक्ष्मी र सन्तोषको प्रेममा धमिलो त आएको थियो तरपनि गत माघ महिना सम्म सन्तोष लक्ष्मी कहाँ गैरहन्थ्यो  । त्यहीँ बिचमा लक्ष्मी फेरी गर्भवती भइन् त्यसपछि भने लक्ष्मी प्रति सन्तोषले सँकाउपसंका गरेर लक्ष्मीको पेटमा रहेको बच्चा आफनो होइन भनेर दिनप्रति दिन उनलाई मानसिक यातना दिन थाल्यो लक्ष्मी सँग बिवाह गरेको ८ बर्ष भयो । गत माघपछि भने दुबैजनाको नभेट नत लक्ष्मी र छोरिहरुलाई खर्च नै दियो । अब लक्ष्मीलाई झन आर्थिक रुपमा गाह्रो भयो ।

त्यहीँ पसलमा भएका सामान बाट आएको पैसाले साझ,बिहान कटाउन थालिन् । अब भने दुबै जनाले एकअर्काको वास्ता गर्न छाडे । सन्तोषले कान्छि श्रीमती सगै बस्न थाल्यो । एक्कासि यहिँ जेठ महिनाको १२ गते राति १२ः३० बजे तिर उनि पसलमा सुतिरहेकै अवस्थामा उनको जिउमा जिउदैँ आगो लगाएर मार्ने प्रसास गरियो । लक्ष्मीको त्यो घटना घटेको दिन नै उनको श्रीमान गाउँबाट भागिसकेका थिए । लक्ष्मीका ससुरा भन्छन् बुहारीलाई आगो लगाएर जलाएको खबर बिहानै थाहा पाए । छोराबुहारीबाट आफुहरु टाढाको घरमा बस्ने गरेको बताउछनँ । छोरालाई फोन गरेर घटनाको बारेमा  सुनाउदा भारतबाट आएका मानिसहरुलाई आफनो गाढिमा राति ल्याइको हुनाले अनिदो भएर सुतिरहेको र आउन नसक्ने कुरा गरेर फोन काटेको उनका ससुरा भन्छन् ।

केहि समय पछि गाउँका अन्य मानिसले फोन गर्दा सन्तोषको मोबइल अफ थियो । सबैको मनमा उनिप्रति सँका उब्जिन थाल्यो  । लक्ष्मीलाई गाउँकै स्वास्थ्य संस्थाहरुमा उपचार सम्भव थिइन त्यसपछि वडा अध्यक्ष उनका ससुरा र केहि छिमेकीले उनलाई राजपुरमा रहेको सुजंङ्ग अस्पतालमा ल्याए । केहि समय उनलाई र उनको छोरीलाई  आगोले पोलिएर क्षतविक्षत भएका ठाउँहरुमा औसधी लगायो । तर उनको उपचार भने सुजंङ्गमा अस्पतालमा  सम्भव थिएन ।  उनको शरिर ५४ प्रतिशत जलिसकेको हुनाले चाडै बाहिर लैजान अस्पतालका प्रमुख अजुर्न बलायरले बताउनु भएको थियो । उनको छोरीको ढाडमा कम जलेको हुनाले पोलिएको घाउ सन्चो  हुदैगईरहेको  थियो । लक्ष्मीको मनमा झनै पोलिएका घाउँहरु भन्दा आर्थिक कुराले छट्पटिन थालिन । उनले यो बेला श्रीमान ,घरपरिवारको स्याहार,सुसार,माया,साथ,स्नेह पाउने ठाउँमा एक्लै अस्पतालको शैयामा छटपटिरहेकी थिन । उनिसगँ एकजना महिला पनि साथमा थिएन लक्ष्मीको साथमा उनका बुढा ससुरा मात्रै थिए ।

बुहारीलाई बाहिर लैजानको लागी आर्थिक अभाव र अर्को एकजना सँग जानको निम्ति महिला नभएकाले तुरुन्तै लैजान गाह्रो हुने भएकाले डाक्टर सँग केहिदिन बुहारीलाई सक्नेजति उपचार गराई माग्न अनुरोध गरे । घाईते लक्ष्मीलाई अस्पतालले बाहिर पठाएको पाचाँै दिन बितिसक्दा पनि न स्थानिय तह,न कुनै सरोकारवालाहरुले चासो देखाए् । लक्ष्मी र उनका ससुराले आर्थिक अभाव भएकाले सबैले सहयोग गरिदिन आग्रह गरे । आर्थिक सहयोग गर्नको लागी सामाजिक संजाल मार्फत जानकारी गराएपछि उहाँलाई आर्थिक सहयोग गर्न भनेर केहि संस्थाहरु र ब्याक्तिगत सहयोग गनेहरु जुटन थाले ।

लक्ष्मीको स्वास्थ्य अवस्था बुझ्न जानुभइका नेपालि कांग्रेसका नेता जित बहादुर खड्काले एम्बुलेन्स मार्फत लक्ष्मीलाई थप उपचारको लागी बाहिर लैजाने तयारी भैरहेको थियो  पाचौँ दनिमा त्यहि बेला वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेको पहलमा गृह मन्त्रालय बाट नेपालि सेनाको हेलिकप्टर पठाएर काठमाण्डौंको र्कीर्तिपुर अस्पतालमा लैजाने कुरा भयो । छिटै हेलिकप्टरबाट अस्पतालमा पुग्ने भएपछि एम्बुलेन्स रोकियो ।

केहि समयपछि हेलिकप्टर मार्फत लक्ष्मीको डोटीबाछ उद्धार गरियो । अहिले लक्ष्मीको उपचार र्कीर्तिपुर अस्पतालमा  भैरहेको र स्वास्थ्यमा पनि सुधार आएको लक्ष्मी सँगै साथमा गएकी उनकी कान्छि सासु अन्जु भाटले बताइन् । स्थानिय सरकार,प्रदेश सरकार र अन्य सरोकारवाला हरु मौन बसेको बेला ढिलै भएपनि नेपाल सरकारले घाईते लक्ष्मीको उपचारमा लाग्ने सम्पुर्ण खर्च व्यहोर्ने कुराले पिडित सहित सबैको मनमा खुसि छाएको छ । बिड्म्बना लक्ष्मीलाई जिउदैं आगो लगाएर मार्न खोज्ने उनका श्रीमान सन्तोष भाटलाई घटना भएको सात दिन बिति सक्दा पनि पुलिस प्रशासनले समात्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालय डोटीमा सन्तोष भाट विरुद्ध ज्यानमार्ने उद्दोगमा मुद्धा दर्ता भैसकेको छ । आरोपी भाटको खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराएको छ ।
लक्ष्मी भन्छिन आज मलाई जिउदैँ मृत्युसम्म पुगाउँछ भन्ने थाहा पाएको भए दोस्रो बिहे गर्दा जेलमा हाल्थे

जब मृत्यु सँग सामना गरिरहदा लक्ष्मीका मनमा अनेकौं भावहरु छचल्किदै छन । उनि अहिले ठुलो पछुतो गरिरहेकि छिन् । दोस्रो बिवाह गर्दा स्थानिय तह,माइतिहरुले बहुबिवाहको मुद्धा हाल भन्दा त्यतिबेला आफैले मानिन सायद आज यहि दिन देख्नलाई रहेछ । आगोले जलेका उनका शरिरका अंगहरु जति चर्किदैछन त्यो भन्दा श्रीमानले आफुलाई जिउदँै जलाएर मार्न खोजेको घटनाले बढी छट्पटिदै छिन उनि ।

उ मेरो हत्यारा हो भनेर ठोकुवा साथ लक्ष्मी भीनछन् । उसलाई जबसम्म कानुनि कटघरामा ल्याईदैन तब सम्म उपचारले शरिरको बाहिरी घाउहरु सन्चो लाग्ला तर मन भित्रको घाउ सन्चो त्यतिबेला लाग्ने छ जतिबेला उ कानुनि कटघरामा हाललिनेछ  । लक्ष्मी भन्छिन् जसरी आफुलाई मृत्युबाट बचाउन आ आफनो ठाउँबाट लाग्नु भयो त्यसरी मलाई जिउदैँ मार्न खोज्ने उ हत्यारालाई कानुनि कार्वाही गर्नको लागि सबैलाई अस्पतालको बेडबाट अपिल गर्दैछिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय