कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरीले गोहीको उद्धार गरेको छ । मंगलबार सशस्त्र प्रहरी निरीक्षक पदम सिंह भण्डारीको कमाण्डमा खटिएको ७ जनाको टोलीले गोहीको उद्धार गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार भिमदत्त नगरपालिका ११ गड्डाचौकीस्थित स्थानीय भुपी क्षेत्रीको कुखुराको खोरको जालिमा अड्किएको अवस्थामा अन्दाजी ४ फिट लामो गोही फेला परेको हो । उद्धार गरिएको गोहीलाई डिभिजन वन कार्यालय महेन्द्रनगरमा बुझाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय