काठमाडौँ — अफगानिस्तानबाट हालसम्म ७७० नेपालीको उद्धार गरिएको छ । विभिन्न मुलुकको सहयोगमा मंगलबार बेलुकीसम्म ७७० नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर काठमाडौं ल्याईएको परराष्ट्र मन्त्रालय जनाएको हो । मन्त्रालयका अनुसार मंगलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरि ११२ स्वदेश फर्किएका हुन् ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा नागरिक उड्‌डयन सेवाको जहाजको आगमन(अवतरण हालसम्म खुला नभइसकेकाले नेपालले अन्य मुलुकहरुको सहयोगमा नै आफ्ना नागरिकलाई उद्धार गरिरहेको छ ।

सरकारले अहिलेसम्म अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरेपनि हालसम्म कति नेपाली छन् भन्ने तथ्यांक संकलन गर्न सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय