धनगढी,०५ असोज ।  दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेपाली कांग्रेस नगर सभापतिको उमेदवारका रूपमा अशोक सिंह धामी मैदानमा देखिएका छन् । पार्टीको आसन्न महाधिवेशनमा नगर सभापतिका रूपमा उनी देखिएका हुन् । धनगढी इन्जिनियरिंग कलेज (नास्ट ) मा इन्जिनियरिंग पढ्दै गरेका युवा धामीले नगरपालिकाको निर्वाचनमा सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनि २३  बर्षका कान्छा उमेदवार हुन् ।

यस घोषणासँगै नगरपालिकामा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसरी धामी नगर सभापति हुने लगभग पक्कापक्की भएको छ  । कांग्रेसका लागि उनले स्कूल पढ्दा देखि हालसम्म धेरै योगदान गरेका छन्  । धामीले कांग्रेस राजनीतिमा बिद्यार्थीहुदा देखि नै  समय खर्चिदै आएका  छन् ।

‘म युवा नेता गगन थापाबाट प्रभावित भएर कांग्रेसमा लागेको हुँ, धामीले भने,‘त्यसपछि अहिलेसम्म म कांग्रेसमा निरन्तर लागिरहेको छु ।’ अब दार्चुलाको  शैल्य शिखरमा कांग्रेसलाई नयाँपन दिनका लागि म उमेदवार उठेको छु र सबै पक्षबाट सहयोग पुग्ने पूर्ण आशावादी छु ।’ कांग्रेस नै जनताको खास पार्टी हो भन्ने जिल्ला तथा नगरबासीलाई महसुस गराउन र जनताको सुखदुखमा सधैं सहयोगी बन्न आफूले  नगर सभापतिमा उठेको उनी बताउँछन् । धामीले आफूले पदको लोभ कहिल्लै नगरेको बताए । उनले पदभन्दा कर्तव्य ठूलो भएको भन्दै युवा नेतृत्वको सम्भावना  नेपालि कांग्रेसमा देखिएकाले निरन्तर खट्दै आएको बताएका छन् ।

 

‘लोकतन्त्रका लागि मैले सम्पूर्णलाई सहयोग गर्दै आएँ । अब मलाई नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्ताले सहयोग गरिदिनुस भनेर म विनम्र अनुरोध गर्दछु, धामीले भनेका छन्, राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेलाई पाखा लगाउनुपर्छ ।’ आस्था र निष्ठाका लागि लडेको छु । बिपीको समाजबादलाई सधैंभर पछ्याउनेछु ।’ नगर सभापतिको पदमा बसेर शैल्य शिखरको समग्र उन्नति र कांग्रेसलाई अझ गतिशील बनाउन आफ्नो दायित्व हुने उनले बताए । धामी दार्चुलामा कांग्रेसको निष्ठावान् बिद्यार्थी नेताका रूपमा परिचित छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय