धनगढी । कैलालीमा बजार अनुगमनले तिब्रता पाएको छ ।

मंगलबार कैलालीमा उद्योग वाष्ण्ज्यि तथा उपभोक्ता हित संरक्षण निर्देशनालय जिल्ला प्रशासन, वाणिज्य कार्यालय, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय संयोजकत्वमा कैलाली जिल्लामा संयुक्त बजार अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा तत्काल जरिवाना गर्नुका साथै म्याद नाघेका तथा उपभोग गर्न अयोग्य ४५ हजार ३ सय ५१ रुपैंया अन्ठानब्बे पैसा बराबरको अखाद्य पदार्थ तथा म्याद गुज्रेका कस्मेटिक सामग्रीहरू जफत गरिएको उधोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक भोज राज भट्टले जानकारी दिनुभयो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कसुर गरेको देखिँदा जिल्लाका निम्न पसल व्यवसायीहरूलाई जरिवाना गरिएको समेत निर्देशक भट्टले बताउनु भयो ।

गोदावरी नगरपालिका १ स्थित वीर वेताल मार्ट प्रा।ली। लाई रु. १०,०००।
गोदावरी नगरपालिका २ स्थित भैरवी ऋङ्गार सेन्टरलाई रु. २०,००० ।
गोदावरी नगरपालिका २ स्थित समृद्धि एग्रोभेट सेन्टरलाई रु. ५,००० ।
गोदावरी नगरपालिका २ स्थित महाराज सप्लायर्सलाई रु. ५,००० ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय