धनगढी । राप्रपा चुरे गाउँपालिकाका अध्यक्ष कमल बम रजबारले चुरे गाउँपालिकाको समग्र विकासका लागि युवाहरु एक जुट भएर लाग्नुपर्ने बताउनु भएको छ ।

राप्रपाको चुरे गाउँपालिकाको अध्यक्षमा चयन भइसकेपछि रजवारले चुरे गाउँपालिकाका भ्रष्ट जनप्रतिनिधि र कर्मचारीले गर्दा चुरेको विकासले गति लिन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो— अथाह सम्भावना भएको चुरे जनप्रतिनिधिका कारण बदनामित हुँदै गएको छ ।

उहाँले चुरे गाउँपालिकाको अफ्नो बेग्लै पहिचान भएको बताउँदै चुरेका जनप्रतिनिधिले चुरेको पहिचान मेटाउन खोजेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो— प्राकृतिक रुपले धनी चुरे क्षेत्रका सम्पदाहरुलाई भ्रष्ट जनप्रतिनिधिहरुले अवैधरुपमा दोहन र उत्खनन गर्दै छन् । त्यसको संरक्षणका लागि युवाहरु एक जुट हुन जरुरी छ ।

अर्को प्रसंगमा बोल्दै अध्यक्ष रजवारले युवा पलायनलाई रोक्न गाउँपालिकाले युव लक्षित कार्यक्रमहरु गर्नुपर्ने र युवाका लागि युवा उद्यमशिलताका कार्यक्रमहरु गर्नुपर्ने बताउँदै आफूले पनि सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो— चुरेका युवाहरु एक जुट भएर जनप्रतिनिधिका काम कारवाहीहरुमा निगरानी गर्न जरुरी छ ।

बुधबार चुरे गाउँपालिका वडा नम्बर ३ को सहजपुरमा भएको राप्रपा चुरेको भेलाले कमल बम रजवारको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ ।

रजवार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ भने कैलालीको धनगढीमा रहेको एश्वर्य बहुमुखी क्याम्पसको स्ववियू सभापति पनि हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय