धनगढी । एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई रनको १०९ लक्ष्य दिएको छ । श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछ पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्यो ।
खराब सुरुवात गरेको नेपालका ओपनर सम्झना खड्का ४ रनमै आउट भइन् । त्यसपछि कविता कुँवरले १३ रन जोड्दा कप्तान इन्दू बर्मा डकआउट भइन् । कविता र इन्दूलाई सादिया एकबालले आउट गरेकी थिइन् ।
Advertisement
अनुभवी रुबिना क्षेत्री पनि ८ रनमा आउट भएपछि नेपालमाथि दबाब थपिएको थियो । ओपनिङ ब्याटर सीता रानामगर २६ रनमा बनाएर आउट भइन् । रुबिना र सीता दुवै रनआउटको सिकार बनेका थिए ।
त्यसपछि छैटौं विकेटका लागि कविता जोशी र पूजा महतोले ३४ रनको साझेदारी गरेपछि नेपाललाई राहत भएको थियो । अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि पूजाले ३२ बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाइन् ।
Advertisement
कविताले नटआउट ३१ रन जोडिन् । उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी थिइन् । बलिङमा पाकिस्तानकी सादिया एकबालले २ विकेट लिइन् ।
पहिलो खेलमा युएईलाई पराजित गरेको नेपालले आजको खेलमा जित निकाले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । पाकिस्तानलाई पनि सेमिफाइनलमा स्थान पक्का गर्न आजको खेल जित्नु पर्ने दबाब छ । नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत पनि छ । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन् ।
Advertisement
नेपालले पहिलो खेलमा शुक्रबार युएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो । नेपालले मंगलबार भारतसँग खेल्नेछ ।
प्रतिक्रिया