धनगढी । धनगढी जेसिजको आयोजनामा आइतबारदेखि जेसिज सप्ताह सुरु भएको छ । ‘समुदायसँग जेसिज’ भन्ने नाराका साथ सप्ताह सुरु भएको हो ।
सप्ताहको पहिलो दिन बिरुवा वितरण गरिएको छ । धनगढीको सहिद गेटमा सर्वसाधारणहरुलाई विभिन्न किसिमका बोटबिरुवाहरु वितरण गरिएको हो । विभिन्न किसिमका ५ सय ३४ वटा बिरुवाहरु वितरण गरिएको कार्यक्रमका संयोजक महेश्वर ओझाले जानकारी दिए ।
पर्यावरण संरक्षणका लागि विरुवा वितरण गरेर जेसिज सप्ताह सुरु गरिएको ओझाले बताए ।
Advertisement
धनगढी जेसिजका अध्यक्ष अरुण सिंहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुुख अतिथि कैलाली जिल्ला अदालतका मुख्य न्यायधिश अवस्थी रहेका थिए । भने, विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिकाका नगरप्रमुुख गोपाल हमाल रहेका थिए ।
साउन १२ गतेसम्म विभिन्न कार्यक्रम गरी जेसिज सप्ताह मनाइँदैछ । मैत्रीपूर्ण फुुटसल, रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रकरण गोष्ठी र शैक्षिक सामग्री वितरण गरि साउन १२ गतेसम्म सप्ताह मनाइरहेको जेसिज सप्ताहका मुल संयोजक इन्जिनियर तर्कराज भट्टले बताए ।
Advertisement
प्रतिक्रिया