बझाङका उत्कृष्ट किसान सम्मानित

बझाङ । जिल्लाका उत्कृष्ट किसान सम्मानित भएका छन् । कृषि ज्ञान केन्द्र बझाङले कृषि क्षेत्रमा लामो समयदेखि ठूलो योगदान गरेको भन्दै १० जना किसानलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेमा जयपृथ्वी नगरपालिका– ७ सुबेडाकी तरकारी खेती गर्दै आएकी जयलक्ष्मी जोशी, दाङ घर भई लामो समयदेखि चैनपुरमा तरकारी फलफूलको नर्सरी गर्दै आएका रामसिंह राना, तलकोट गाउँपालिका–६ का गोपिलाल विष्ट, बुंगल नगरपालिका– ८ का ग्रीस बोहरा, सुर्मा– २ का जयबहादुर बोहरा, दुर्गाथली–३ का धने रोकाया, छबिसपाथिभेरा–३ का हर्क बहादुर सिंह, केदारस्युँ–४ का धनबहादुर अधिकारी, जनपा–४ का पुर्ण प्रसाद उपाध्याय र छबिस पाथिभेरा – १ का महेश धामी रहेका छन् ।

Advertisement

किसानहरुको सीप, श्रम र पसिनाको सम्मान स्वरूप प्रत्येक वर्ष दिइँदै आएको पुरस्कार यस वर्ष पनि कृषि क्षेत्रमा काम गर्दै आएका किसानहरुलाई थप ऊर्जा तथा हौसला प्रदान गर्ने उदेश्यले राज्यले पुरस्कारको व्यावस्था गरेकाले किसानहरुलाई मानसम्मान दिन र किसानहरुलाई मनोबल बढाउन यो पुरस्कार प्रदान गरेको बताए ।

यस वर्ष आफूहरुले अनुदान नपाउने किसानहरुलाई निश्पक्ष रुपमा पुरस्कार प्रदान गरेको र यो पुरस्कारले कृषि क्षेत्रमा काम गरिहेका र यस क्षेत्रमा काम गर्ने मन बनाएकाहरुलाई पनि प्रोत्साहन हुने उनले बताए । कार्यालय प्रमुख विष्टले यस वर्ष बझाङ जिल्लाबाट मात्रै करीब ४३ लाखभन्दा बढीको आलु बिक्रि गरेको, जिल्लामा एक लाखभन्दा बढी फलफूलका बोटबिरुवाहरु स्टोक रहेको भन्दै आगामी दिनहरुमा पनि बझाङ जिल्लालाई चिनाउन जिल्लामा उत्पादन भएका तरकारी र नगदे बालीलाई बजारीकरण गर्न सरोकारवालाहरु लाग्नुपर्ने बताए ।

Advertisement

यो पुरस्कारले कृषि क्षेत्रमा काम गर्दै आएका किसानहरुलाई थप हौसला मिल्ने भएकाले दुरदराजका बस्तीहरुमा रहेका लामो समयदेखि कृषि कर्म गर्दै आएका किसानहरुलाई पहिचान गरी उनिहरुलाई हौसला प्रदान गर्नुपर्ने र किसानहरुले उत्पादन गरेका तरकारीहरुको बजारीकरण गर्न उद्योग वाणीज्य संघ सँधै तयार रहेको बझाङ उद्योग वाणीज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।

नेपाल सरकारले लिएको लक्ष्यभन्दा बढी कृषि क्षेत्रमा काम नभएको भएता पनि पछिल्ला दिनहरुमा बझाङ जस्तो पहाडी जिल्लामा कृषि क्षेत्रमा युवाहरुको आर्कषण बढ्दै जानु खुसीको कुरा भएको र कृषि ज्ञान केन्द्रमा विष्ट कार्यालय प्रमुख भएर आएपछि कृषि क्षेत्रमा निकै फड्को मारेको, आगामी दिनहरुमा प्रदेश सरकारबाट कमिसनको आधारमा आउने योजनाहरु रोक्न सके र वास्तविक किसानहरुले योजनाहरु पाए झनै राम्रो हुने नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले बताए ।

Advertisement