बैतडी । दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा खेलाडीको नाम दर्ता खुला गरिएको छ । आजदेखि नाम दर्ता खुला गरिएको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए ।
सहभागी हुन चाहने महिला र पुरुष खेलाडीले भदौ ५ गतेसम्म समितिको कार्यालयमा आएर नाम दर्ता गनुपर्ने छ । कार्यालय प्रमुख जोशीले भने, ‘प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले अनिवार्य रूपमा नाम दर्ता फारम भरेको हुनुपर्नेछ, फारम नभरेको खेलाडीले छनौट प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।’
Advertisement
समितिका अध्यक्ष चमनकुमार भण्डारीले यसरी नाम दर्ता गरिएका मध्येबाट छनौटका लागि भदौ १५ देखि ३१ सम्म प्रतियोगिता सञ्चालन गरिने बताए । उनका अनुसार भलिबल, क्रिकेट, कबड्डी, एथ्लेटिक्स, ब्याडमिण्टन, फुटबल, खो–खो, बुद्धिचाल, भारत्तोलन, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, कराँते, उसु, आई टि एफ तेक्वान्दो, ह्वाण्डबल र सेपाक्टालगायत खेल छनौट प्रतियोगितामा खेलाइने छन् ।
जिल्लाबाट छनौट भएका खेलाडीले सुदूरपश्चिम प्रदेश छनौट प्रतियोगितामा सहभागी हुन पाउँनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ ।
Advertisement
No popular posts found.














प्रतिक्रिया