धनगढी । डैंगीको संक्रमण दिनप्रति दिन बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर दुई हजार जनाभन्दा बढीमा डेंगी रोगको संक्रमण देखिएको छ ।
रोग नियन्त्रण महाशाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगी संक्रमण देखिएको जानकारी दिए ।
Advertisement
मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन भएकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगीको संक्रमण थप बढ्न सक्ने अनुमान छ ।
मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको जनाइएको छ । सबभन्दा बढी काठमाडौंमा दुई सय ४९ जनामा डेंगी देखिएको छ । यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा संक्रमण देखिएको छ ।
Advertisement
काठमाडौं उपत्यकामा मात्रै तीन सय १६ जनामा डेंगीको संक्रमण देखिएको छ । काठमाडौंमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा देखिएको संक्रमण देखिएको हो ।
रोग शाखा प्रमुख डा. दाहालले डेंगी संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
Advertisement
‘डेंगी रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्छ’, उनले भने ।
प्रतिक्रिया