धनगढी । मंगलबार १४५ अंकले घटेको नेप्से परिसूचक बुधबार चार प्रतिशतले बढेको छ । १०८.३५ अंकले बढेर नेप्से दुई हजार सात सय ५९.६७ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ इन्डेक्स ४.०६ प्रतिशत र फ्लोट इन्डेक्स ३.८९ प्रतिशतले बढेको छ ।
३३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १७ अर्ब ९५ करोड नौ लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको छ । मंगलबार नेप्सेको इतिहासमै बढी २३ अर्ब ७१ करोडको सेयर कारोबार भएको थियो ।
Advertisement
आज नेप्सेका १३ वटै उपसमूहको सूचक बढेका छन् । वित्त र अन्य उपसमूह सात प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूह पाँच प्रतिशतभन्दा धेरैले उकालो लागेका छन् । अरु उपसमूहको तुलनामा थोरै बढेको म्युचल फण्ड १ प्रतिशतले वृद्धि भएको छ ।
आज कुल २३९ कम्पनीको सेयर मूल्य बढ्दा १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलुङ खोला जलविद्युत, दोल्ती पावर कम्पनी, सिटी होटल, हिमालयन रिइन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा सर्किट लागेको हो ।
प्रतिक्रिया