काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि पुनः भारतले उचालेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भर्खरै सकिएको प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३–२ सेटले पराजित गर्दै लगातार उपाधि उचालेको हो ।
Advertisement
पहिलोपटक काभा नेसन्स लिगको उपाधि उचाल्ने नेपालको सपना पुनः चकनाचुर भएको छ। सन् २०१९ मा पनि नेपाल उपाधिको नजिक पुगेर चुकेको थियो ।
लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने अन्तिम सेटमा निराश बन्न पुग्यो। खेलको पहिलो सेटमा नेपालले नै अग्रता लिएको थियो ।
Advertisement
नेपालले पहिलो सेटमा भारतलाई २५–२३ मा पराजित गरेको थियो। दोस्रो सेटमा भने भारतले सानदर पुनरागमन गर्दै नेपालमाथि २५–१४ को जित निकालेको थियो ।
तेस्रो सेटमा नेपालले स्वभाविक लयमा फर्किंदै भारतलाई २५–२२ ले पराजित गरेको थियो । तर, चौथो सेटमा आफ्नो जितको लय गुमाउँदै २१–१८ ले सेट भारतलाई सुम्पन बाध्य भयो ।
Advertisement
त्यसपछि अन्तिम सेटमा भारत पूरै हावी हुन पुग्यो । सुरुदेखि नै अग्रता लिएको भारतले अन्तिमसम्म नै नेपाललाई पुनरागमनको मौका दिएन र सेट १५–५ ले जित्यो र उपाधि आफ्नो पोल्टामा पार्यो ।
प्रतिक्रिया