दुर्घटना बढ्नुको कारण खोज्न जरुरी

नेपालमा बढ्दो सडक र हवाई दुर्घटनाका कारणबारे राज्यले यर्थात् कुरालाई पहिल्याउन जरुरी छ । जबसम्म बढ्दो दुर्घटनालाई कम गर्न सकिदैन तबसम्म नेपालको हवाई र सडक यातायातले खेप्दै आएको बदनामी र असुरक्षालाई कम गर्न सकिने अवस्था देखिदैन ।

सरकारले नेपाली आकाशमा भैरहेका दुर्घटनाको कारण पत्ता लगाएर त्यसको न्युनिकरणका उपाय खोज्न ढिलाई गर्नु हुँदैन । यस्तै, सडक यातायातमा पनि जसरी दैनिक दुर्घटनाहरु भैरहेका छन् त्यसको न्युनिकरणका लागि पनि नेपालको सरकारले सवारी साधनहरुको अवस्थाका बारेमा पनि जानकारी लिन जरुरी छ ।

Advertisement

जबसम्म राज्यले सडक र हवाई दुर्घटनाका कारण पत्ता लगाउनेतर्फ पहल गर्दैन तबसम्म नेपालमा यस्ता घटनाहरु हप्तै र महिनै पिच्छे नहोलान भन्न सकिने अवस्था छैन । नेपालमा विद्यमान सवारी दुर्घटनाको जोखिमलाई जबसम्म कम गर्न सकिदैन तबसम्म नेपालमा आउने विदेशी पर्यटकहरु पनि भित्रिने सम्भावना निकै कम रहन्छ ।

सरकारले नेपालमा बढ्दै गैरहेको सवारी दुर्घटनामा कमि ल्याउनका लागि देशव्यापी रुपमा सचेतनाका कार्यक्रमहरु विस्तार गर्दै लैजानु पर्ने जरुरी देखिन्छ । नेपालको यातायात व्यवस्थापनलाई सहज र सरल बनाउन सकेको खण्डमा नेपालमा आन्तरिक वैदेशिक यात्रुहरुमा केहि बृद्ध आउने सम्भावना रहेको छ ।

Advertisement

सरकारले देशका सातवटै प्रदेशहरुमा यातायात क्षेत्रमा देखा परेका समस्या र समाधानका उपायहरुका बारेमा आमरुपमा व्यापक छलफल चलाएर समस्याको सहि निकास दिने दिशामा पहल गर्नका कदापी ढिलाइ गर्नु हुँदैन ।

Advertisement