पूर्वीचौकी गाउँपालिका-६ का वडाध्यक्षको निधन

माैलिक संवाददाता 2140+ समाचार ( )
१५ मंगशिर २०७९, बिहीबार

धनगढी । डोटीका एक वडा अध्यक्षको निधन भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका-६ गाजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको हो ।

प्रेसरका बिरामी रहेका जोशीको कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 

उनलाई जिल्ला अस्पताल डोटी पुर्याउँदासम्म मृत्यु भइसकेको अस्पतालका डा. सोहन शाहले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै