बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्षले दिए राजीनामा

माैलिक संवाददाता 2089+ समाचार ( )
१२ आश्विन २०८०, मङ्गलबार

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार दिउँसो वडाध्यक्ष शाहले मेयर नरुलाल चौधरीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिएका हुन् ।

आफ्नो वडामा चाहेजति बजेट नदिएको भन्दै उनले पदबाट राजीनामा बुझाएको बताइएको छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष शाह नेकपा एमालेबाट निर्वाचित भएका थिए । यहाँका मेयर र उपमेयर पनि एमालेका हुन् । वडाध्यक्ष शाहको राजीनामा स्वीकृत भने भइसकेको छैन ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार