महाकालीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गरिँदै

माैलिक संवाददाता 2140+ समाचार ( )
१० श्रावण २०८०, बुधवार

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।

जोगबुढा र महाकाली नदीको दोभान भएका कारण उक्त क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिए ।

‘बस्तीबाट ४०/५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ’, नगरप्रमुख लिम्बूले भने, ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।’

उनले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताए । अहिले उक्त क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन् ।

ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् । ‘यहाँको खेतीयोग्य जग्गा नदीले तीव्ररूपमा कटान गरिरहेको छ’, स्थानीय प्रेम सार्कीले भने, ‘बाढीको त्रासले यहाँका बासिन्दाले सुत्न पाएका छैनन् ।’ उनले कटान रोक्नका लागि स्थानीय पालिकाले तत्काल काम गर्नुपर्ने बताए ।

स्थानीय मायादेवी सुनारले यहाँ हरेक वर्ष बाढीले क्षति गर्ने गरेकाले बस्तीको विकल्प खोज्नुपर्ने बताए । ‘तीनतिर जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ’, उनले भने, ‘यहाँ डुबान र कटान धेरै हुन्छ । बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइँ सरेर गइसके ।’ गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उनले बताए । ४९ परिवारको बसोबास रहेको यो बस्तीमा यहाँका स्थानीयवासी तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्दछन् । बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको छ ।

प्रतिक्रिया

Xidcqa १२ वैशाख २०८१, बुधवार

order generic nizoral - order sporanox 100mg sale buy itraconazole 100 mg

Wxwowp ११ वैशाख २०८१, मङ्गलबार

buy rybelsus without a prescription - glucovance uk buy generic DDAVP

Zradrh १० वैशाख २०८१, सोमबार

buy lamisil without prescription - order lamisil generic where to buy grifulvin v without a prescription

Vegfiq ८ वैशाख २०८१, शनिबार

glycomet 1000mg brand - glycomet buy online acarbose 50mg uk

Obyzba ८ वैशाख २०८१, शनिबार

brand prandin - pill jardiance 10mg buy empagliflozin without prescription

Qyrwih ६ वैशाख २०८१, बिहीबार

order glyburide 5mg generic - buy generic forxiga for sale buy forxiga 10 mg sale

Bxympz ४ वैशाख २०८१, मङ्गलबार

oral depo-medrol - generic methylprednisolone online order astelin 10ml online

Zejjdr ४ वैशाख २०८१, मङ्गलबार

clarinex over the counter - purchase flixotide generic albuterol sale

Tvdxic १ वैशाख २०८१, शनिबार

buy generic ventolin for sale - buy phenergan medication theophylline 400 mg without prescription

Tmevwz १ वैशाख २०८१, शनिबार

buy stromectol usa - cefaclor uk buy cefaclor 250mg online cheap

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार