पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

माैलिक संवाददाता 733+ समाचार ( )
१ अशोज २०७९

धनगढी । बिहीबार रातीदेखि सुदूरपश्चिममा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। कैलालीको चुरे गाउँपालिका ६ बालकोटमा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएका कारण सवारी साधनहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

भीमदत्त राजमार्गका अन्य स्थानमा पनि स–साना पहिरोको कारण सडक अवरुद्ध भएको र खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।  

प्रतिक्रिया