सुदूरपश्चिममा माओवादीबाट साउद र धामी मन्त्री बन्दै, आजै शपथ

माैलिक संवाददाता 1907+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

धनगढी  । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।

दुई मन्त्रालय पाएको माओवादीले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिएर झपट साउद र रमेश धामीलाई सरकारमा पठाउने भएको हो ।

माओवादी संसदीय दलका नेता खगराज भट्टका अनुसार माओवादीकै गीता माललाई राज्यमन्त्री बनाउने तयारी भइरहेको छ । उनीहरुको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको भट्टले बताए ।

तत्कालिन एमाले नेतृत्वको सरकार ढलेपछि माघ २६ गते कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मुख्यमन्त्री भएको तीन महिना बित्दासम्म शाहले २ जना बाहेक अन्यलाई मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार