२०७९ साल साउन २३ गते सोमबार
×

बिहेवारीको २० वर्षे उमेर पुनर्विचार गर्ने कि सरकार !?

अहिले जताततै पल शाह र समिक्षा अधिकारीको चर्चा चलिरहेको छ। समिक्षाको उमेर १७ खुलाएको छ । नेपालको मौजुद्द कानून  अनुसार समिक्षा अधिकारी नाबालिग हुन। नाबालिग संग यौन सम्बन्ध/प्रेम सम्बन्ध राख्न नहुने नेपालको कानूनमा उल्लेख छ । पल शाह र समिक्षा अधिकारी बिच अफयरमा रहि फिजिकल रिलिशन भएको हो भने कानून बमोजिम बर्जित छ ।  तर कुरो यहाँ निर छ कि, उनीहरू फिजिकल्लि र मेन्टल्लि दुबै रुपमा तयार नभएको भए त्यस्तो  सम्बन्ध किन रहन्थ्यो होलार ! अब कुरो गरौं १७ , १८ वर्ष उमेरलाई  नाबालिग मान्ने कि नमान्ने ? नेपालको कानूनमा १६ वर्ष उमेर पुगे पछि  नेपाली नागरिकता पाईन्छ, उस्लाई नागरिकको हैसियतले गर्ने सबै काम गर्न छुट हुन्छ । तर बिहा गर्न मात्र २० वर्ष नै कुर्नु पर्ने किन ? यो कानून व्यवहारिक र न्याय संगत भएन । कानूनमा जे उल्लेख भएतापनि, अहिले  पनि नेपाली समाजमा २५% भन्दा बढी  युवा युवतीहरुको बिहा बीस वर्ष नपुग्दै हुने गर्दछ। ६% भन्दा बढी १८ वर्ष उमेर नपुगेका आमाहरुले बच्चा जन्माउँछन । तसर्थ, व्यवहारमा लागू नहुने नियम बनाएर किन दुख दिईरहने ? म आफ्नै उदाहरण दिन चाहान्छु,  म र मेरो आमाको उमेरको फरक जम्मा १६ वर्ष ६ महिनाको मात्रको छ , मेरो बुबा र मेरो उमेर  १९ वर्षको फरक छ । मेरो बाबा आमा स्वास्थ भएर नै म जन्मे होलान ! यो तितो सत्य र तथ्य हो । तर समस्य यहाँ नीर आएको छ, बीस वर्ष उमेर नपुग्दै बिहा हुँदा बिहा दर्ता गर्न नपाएर  धेरै नागरिकले सास्ती पाएका छ्न। उनीहरू बाट जन्मेका बच्चाले जन्म दर्ता  गर्न पाएका छैनन्  । जन्म दर्ता नभएकै कारण  विद्यालय भर्ना हुन समेत कठिन भएको कैयौं  बग्रेल्ती केसहरु हाम्रो समाजमा  छन ।  १६ वर्ष उमेर पुगे पछि नेपाली नागरिकता पाईन्ने, १८ वर्ष पुगे पछि भोट हाल्ने मताधिकार पनि हुने, बिहा गर्न चाहिँ मात्र बीस वर्ष  कुर्नु पर्ने ?! सरकार ! बिहावारी उमेर कानूनमा पुर्नविचार गर्ने  हो कि !?                                #खडक पामीआल्य मगर ,तनहुँ   फागुन -१४ ,

प्रतिक्रिया