स्वास्थ्य र शिक्षामा ब्रहमलुट

माैलिक संवाददाता 733+ समाचार ( )
५ भाद्र २०७९

नेपालमा स्वास्थ्य र शिक्षा आम सर्वसाधारण जनताको पहुँच भन्दा बाहिर रहेको विषय हो । राम्रो शिक्षा र स्वास्थ्यका लागि आम सर्वसाधारण विपन्न्न मानिसहले चाहेको बखतमा सेवा लिन सक्ने अवस्थानै रहँदैन ।

राम्रो शिक्षा स्वास्थ्य सुविधा र शिक्षा हुनेखानेहरुका लागि मात्र हो भन्ने कुरा नेपालमा पछिल्लो समयमा देखा पर्दै जान थालेको छ । स्वास्थ्य जस्तो महत्वपूर्ण मुद्धामा राज्यले बिशेष निगरानी राख्न नसकेका कारणपनि विपन्न मानिसहरुले उचित सेवा पाउनबाट बञ्चित हुनु परेको तितो अनुभव नेपालीमाझमा छ ।

नेपालमा स्वास्थ्य जस्तो अति महत्वपूर्ण बिषयलाई कमाई खाने भाँडोको रुपमा मात्र उपयोग गरेको पाईन्छ ।

स्वास्थ्यलाई विपन्न समुदायको पक्षमा पार्न नसकेका कारण पनि आज नेपालमा विपन्न्न मानिसहरुले ठूलो आर्थिक भार कसरी खेप्ने भन्ने चिन्ताको बिषय बनेको छ ।

स्वास्थ्य र शिक्षालाई आम सर्वसाधारण मानिसहरुको पहुँच भन्दा बाहिर लैजाने जून खालको योजना बन्दै छ त्यो नितान्त गरिव मारा योजना बाहेक अरु केहि पनि हुन सक्दैन । गरिव विपन्नहरुले राम्रो  स्वास्थ्य र शिक्षा पाउनका लागि नेपालमा असम्भव कुरा बनेको छ ।

गरिव विपन्न परिवारका मानिसहले सामान्य उपचारका लागि समेत अस्पतालमा पुगेर उपचार गर्न नसकेर मृत्युवरण गर्नुपर्ने अवस्था बिद्यमान छ । त्यस्तै राम्रो बिद्यालयमा पैसा खर्च गरेर उच्च सिक्षा पढाउनका लागि समेत विपन्न परिवारको लागि असम्भव विषय बनेको छ ।

शिक्षा र स्वास्थ्यमा देखा परेका समस्याको समाधानका गर्नु यदि छभने नेपाल सरकारले विपन्न र गरिवहरुको पक्षमा स्वास्थ्य र शिक्षालाई  केन्द्रित गर्ने तर्फ प्रभावकारी योजना र कार्यक्रम विस्तार गर्न सक्नु पर्दछ । अनिमात्र स्वास्थ्य र शिक्षामा देखा परेका समस्याको समाधान सम्भव रहन्छ ।

प्रतिक्रिया