विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक बिहिबार नेपाल आउँदै, यस्तो छ भ्रमणको कार्यतालिका

माैलिक संवाददाता 1449+ समाचार ( )
७ वैशाख २०७९, बुधवार

काठमाडौँ   विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले वैशाख ८ देखि १० गतेसम्ममा लागि नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी नेपालको भ्रमण आउन लागेका हुन् । 

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भ्रमणका क्रममा डा. टेड्रोसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट गर्नेछन् । 

प्रतिक्रिया