गाईको हत्या गर्ने एक पक्राउ

माैलिक संवाददाता 2140+ समाचार ( )
१५ चैत्र २०७९, बुधवार

बैतडी । गाईको हत्या गर्ने एक जना पक्राउ परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका-३ जड्याखालीका ३६ वर्षीय रमेश भूललाई गाई मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मदिरा सेवन गरी सोमबार साझँ आफ्नै घरमा पालेका ३ वटा गाईलाई काठको चिरपटले हानेर मारेको आरोपमा उनी पक्राउ परेका हुन् । 

गाईलाई मार्ने भूल सोमबार राती नै नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै