शिवशिखर सहकारीविरुद्ध जाहेरी दिन प्रहरीको आग्रह

माैलिक संवाददाता 2140+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

डडेल्धुरा । शिवशिखर सहकारीविरुद्ध जाहेरी दिन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन आग्रह गरेको हो । सो सहकारीले बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए उजुरी दिन आग्रह गरेको हो ।

विहीबार डडेल्धुरा प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सहकारीले ठगी गरेको भए उजुरी गर्न आग्रह गरेको छ । 

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाका विभिन्न जिल्ला शाखाका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी परेकाले डडेल्धुरामा पनि त्यस्तो समस्या भए जाहेरी दरखास्त पेश गर्न प्रहरीले आग्रह गरेको हो । आफ्नो नागरिकता, पासबुक लगायतका प्रमाण सहित जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न सूचनामार्फत अनुरोध गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार