सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुँदै

माैलिक संवाददाता 1907+ समाचार ( )
६ जेठ २०८०, शनिबार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आज (शनिबार) विस्तार हुने भएको छ । शुक्रबार नै सरकार विस्तारगर्ने भनिए पनि सत्तारुढ दलबीच सहमति नजुटेपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।

सुदूरपश्चिममा अहिले खाली रहेको चार मन्त्रालयमा ​मन्त्री नियुक्त गर्न लागेको हो । आज माओवादी केन्द्रबाट २ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने तायरी गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय दावी गरेको छ । त्यसैगरी नेपाली कांग्रेसबाट १ मन्त्रालयमा दावी गरेको छ । चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न सकस परेको हो ।

माओवादी संसदीय दलका नेता खगराज भट्टका अनुसार माओवादीबाट झपटबहादुर साउद र रमेश सिंह धामी मन्त्री र गीतादेवी माल राज्यमन्त्री बन्ने छन् । कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने तयारी गरेको छ । तर नाम टुंगो लगाउन अहिले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस र माओवादीले नागरिक उन्मुक्तिलाई एक मन्त्रालयमा मनाउने प्रयास गरिरहेका छन् । उन्मुक्ति सहमतिमा नआए कांग्रेस र माओवादीका मन्त्रीले बिहान ११ बजे शपथ लिने तयारी गरेको भट्टले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार