शैक्षिक दलालहरुलाई कारवाही गर

माैलिक संवाददाता 733+ समाचार ( )
५ भाद्र २०७९

शैक्षिक संस्थाका नाममा कैलाली जिल्लाका सञ्चालित कतिपय संघसंस्थाहरुबाट आम सर्वसाधारण अभिभावक र विद्यार्थीहरु ठगिन थालेका छन् ।

शिक्षालाई व्यापारीकरण गर्दै आएका तीं शैक्षिक संस्थाहरुले अनावश्यक शुल्क निर्धारण गर्ने, विद्यार्थीलाई विदेश पठाईदिने भन्दै दोब्बर पैसा असुलेर चरम आर्थिक शोषण गने गरेका गुनासाहरु बाहिर आउन थालेका छन् ।

सिटिईभिटीबाट ६ महिने, तीन महिले वा एक बर्षे अनुमति लिएर आउने केवल व्यापारिक उद्देश्यले खोलिएका शैक्षिक संस्थाहरु (खासगरी) होटल म्यानेजमेन्ट पढाउने नाममा धनगढीमा सञ्चालित केहि शैक्षिक संस्थाहरुले व्यापक ब्रहम्लुट गर्ने गरेको पाइएको छ । 

व्यरोजगारीलाई रोजगार दिलाई दिने बन्दै सर्वसाधारण अभिभावकलाई प्रफुल्ल पारेर अभिभावकबाट ठूलो रकम असुलेर बिद्यार्थी भर्ना गर्ने, आवश्यकता भन्दा अर्थात तोकिएको भन्दा बढी शुल्क लिने र बिद्यार्थीलाई कोर्ष पुरा भएपछि विदेश पठाउँदा समेत थप रकम असुलेर चरम आर्थिक संकलन गर्ने ठग संस्थाका कारण विदेशीभूमिमा पुगेका बिद्यार्थीलाई पर्यटन भिसामा पठाएर भिसाको अवधी समाप्त भएपछि बिद्यार्थी समेतले निकै शास्ती खानु परिरहेका गुनासाहरु बाहिर आएका छन् । 

बिद्यार्थीको भविश्यमाथी खेलबाड गर्ने ठग संस्था सञ्चालकहरुमाथी कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग सर्वत्र उठेको छ । 

प्रतिक्रिया