आदर्शले वडामै योजना सम्झौता गर्दै

माैलिक संवाददाता 2140+ समाचार ( )
१३ पौष २०७९, बुधवार

डोटी । जिल्लाको आर्दश गाउँपालिकाले योजनाको सम्झौता वडास्तरमै गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०७९/०८० बिनियोजन गरेका सम्पूर्ण योजनाहरुको सोमबारदेखि वडामै सम्झौता सुरु गरेको हो ।

योजना सम्झौता पक्रियाबारेमा आदर्शले उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण गरेको छ । 

पालिकाले  विनियोजित गरेका सम्पूर्ण योजानाहरुमा गुणस्तरीयता कायम गर्न र उपभोक्तालाई काममा सहजता दिलाउन वडास्तरमै योजना सम्झौता गर्न थालिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्का बताए ।

उनले सम्झौता पक्रियाबारे अभिमुखिकरण कार्यक्रममार्फत  उपभोक्ता समितिका पदाधीकारीहरुको क्षमता अभिबृद्धी गर्न खोजिएको बताए । उनले वडास्तरमा रहेका सम्पूर्ण योजनाको सम्झौता गर्न पालिका आउनु पर्ने, आवश्यक कागजात अपुग हुन सक्छन, घेरै समय लाग्न सक्छ त्यसैले उपभोक्ताहरुको सहजताको लागि वडामै सम्झौतालगायतका सम्पूर्ण प्रक्रिया गर्न कार्यक्रम संचालन गरिएको बताए । 

योजना सम्झौतादेखि अन्तिम कार्यान्वयन चरणसम्म कसरी गर्ने, कामको गुणस्तर कायम, समय सीमाभित्र सम्पन्न गर्न को-को जिम्मेबार हुन, योजना निमार्णमा चाहिने आवश्यक सामग्री, आवश्यक कागजात,  भुक्तानी प्रक्रियाको बारेमा जानकारी गराउन उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण गरेको बताए । 

उनका अनुसार गाउँपालिकाले पुस ७ गतेदेखि सबै वडामा सञ्चालन गरेको वडा स्तरीय योजना सम्झौता कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै