आजको मौसम पूर्वानुमान

माैलिक संवाददाता 2140+ समाचार ( )
५ पौष २०७९, मङ्गलबार

धनगढी । हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराईका थोरै भू–भागमा हुसुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य  बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

यस्तै राती प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै