विश्वकपमा मेसीको कीर्तिमान

माैलिक संवाददाता 2106+ समाचार ( )
११ मंगशिर २०७९, आइतबार

धनगढी । लियोनल मेसीले विश्वकपमा असिस्टको कीर्तिमान बनाएका छन् । पाँचवटा विश्वकपमा गोलका लागि असिस्ट गर्ने कीर्तिमान मेस्सीले बनाएका हुन् ।

शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोल अन्तरले हराउँदा मेसीले १ गोल र १ असिस्ट गरेका थिए ।

यसअघि मेसीले सन् २००६, २०१०, २०१४ र २०१८ मा पनि गोलका लागि असिस्ट गरेका थिए । योसँगै मेसी लगातार पाँचवटा विश्वकपमा असिस्ट गर्ने खेलाडी बनेका छन् ।

योसँगै मेसीको नाममा अर्को पनि रेकर्ड बनेको छ । मेक्सिकोविरुद्ध एकै खेलमा गोल र असिस्ट गरेपछि विश्वकप इतिहासमा एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा ज्येष्ठ खेलाडी बनेका छन् ।

मेसीले राष्ट्रिय टिमबाट अहिलेसम्म ९३ गोल र ५३ असिस्ट गरेका छन् । कोपा अमेरिकामा पनि सर्वाधिक असिस्ट गर्नेको सूचीम मेसी नै छन् ।

पाँचवटा विश्वकप खेलेका मेसीले सन् २०१० को विश्वकपमा भने गोल गर्न सकेका थिएनन् । पाँचवटा विश्वकपमा धेरै गोल गर्ने खेलाडीको रेकर्ड भने क्रिस्ष्टियानो रोनाल्डोको नाममा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार