डा. गोविन्द केसीसँग सरकारले आज वार्ता गर्ने

माैलिक संवाददाता 733+ समाचार ( )
२ अशोज २०७९

महेन्द्रनगर । विगत ७ दिनदेखी धनगढीमा अनशनरत डाक्टर गोविन्द केसीले उठाएका मागबारे सरकारसँय आईतवार बार्ता हुने भएको छ । उनका सहयोगी डा. अमृत जैसी का अनुसरा सरकारले शनिबार वार्ता गर्ने भनेपनि वार्ता टोलीमा सदस्य रहेका शिक्षा सचिव उपत्यका बाहिर गएकाले नभएको हो । सरकार पक्षले आईतवार बिहान १० बजे वार्ताका लागि बोलाएको छ ।

सरकारी वार्ता टोलीले शनिवार वार्ता गर्ने भनेपनि सो कमिटीका सदस्य रहेका शिक्षा सचिव निर्धारित कार्यक्रमअनुसार भ्याली बाहिर जानुपर्ने भएकाले आज बिहान १० बजेका लागि वार्ता तय भएको र पहिलो चरणको वार्ता काठमाडौंमै हुने उनले बताए । यसैबीच अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग राख्दै धनगढीमा प्रर्दशन गरिएको छ । शनिबार दिउँसो धनगढीको पार्क मोडमा केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्दै उनको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका केसीको अवस्था स्थिर रहेको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।

जैसीका अनुसार स्वास्थ्यमा थप समस्या हुने देखिएपछि चिकित्सकले औषधी प्रयोग गर्न सुझाव दिएपनि केसीले मानेका छैनन् । उनले आफूले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएसम्म ज्यानमा तलमाथि भएपनि कुनै औषधी प्रयोग नगर्ने अडान लिएका छन् । केसीको ब्लड प्रेसर घटेको छ भने मुटुको चालमा गडबढ भएको छ ।

प्रतिक्रिया