धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले २५ माघमा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वास मत दिन नागरिक उन्मुक्ति पार्टी लचक देखिएपछि मुख्यमन्त्री रावलले २५ माघमा विश्वासको मत लिने तयारी गरेका हुन ।
यसअघि नागरिक उन्मुक्तिले रेशम चौधरी रिहाई नभएसम्म विश्वासको मत नदिने अडान राखेको थियो । तर, टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिएसँगै नागरिक उन्मुक्ति लचक भएको हो ।
विश्वासको मत नदिने पुर्ववत अडानवाट उन्मुक्ति पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिए । पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।
दलहरुबीचको उतारचढावका कारण सहमति बन्न नसक्दा उनले विश्वासको मत लिन सकेका छैनन् ।