बैतडी । चाडपर्वलाई लक्षित गरी बैतडीमा साना उद्योगहरुको गर्न सुूरु गरेको छ । जिल्लामा सञ्चालनमा रहेका साना उद्योगहरुको खाद्य प्रवधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अनुगमन कार्य शुरु गरेको हो ।
उद्योगहरुमा गुणस्तर कायम गर्नका लागि अनुगमन थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रवीन अधिकारीले बताए । पाटनमा ३ ओटा चाउमीन उद्योग, सुर्नयामा एउटा मसला उद्योग र गोकुलेश्वरमा एउटा आटा मिलमा अनुगमन गरिएको अधिकारीले बताए । ।
अनुगमन गरिएका केही ठाउँमा सरसफाइको अभाव देखिएकाले सरसफाइ गर्न निर्देशन दिइएको उनले बताए । यस्तै उद्योग सञ्चालनका लागि अनुमति पत्र नलिएकाहरुलाई अनुमति पत्र लिन आग्रह गरिएको बताइएको छ । उद्योग सञ्चालनका लागि धनगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुमति पत्र लिनुपर्ने बताइएको छ ।
यस्तै उद्योग सञ्चालन अनुमति पत्र लिएकाहरुलाई समयमै नवीकरण गर्न पनि आग्रह गरिएको अधिकारीले बताए ।
यस्तै चाडपर्वलाई लक्षित गरी संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन कार्य जारी राखेको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न बजारमा अनुगमन गरिएको बताइएको छ ।
अनुगमनका क्रममा फेला परेका म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।