१२ वैशाख २०८०, मङ्गलबार

काठमाडौं । देशमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसन पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आज राति कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको तथा मेघगर्जन र चट्याङसहित हावाहुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्क हुन आग्रह गरेको आग्रह छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै