अवैध पाँच गोलिया सालको काठ बरामद

माैलिक संवाददाता 1907+ समाचार ( )
७ जेठ २०८०, आइतबार

धनगढी । अवैध काठ बरामद भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वाडा नम्बर ९ को कार्यालय नजिकै अवैध पाँच गोलिया सालको काठ प्रहरीले बरामद गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसा इलाका प्रहरी सुखडको समूहले रतिपुरबाट से १ त ९७०७ नम्बरको ट्याक्टरमा शनिवार राति तस्करी हुँदै गरेको अवस्थामा पाँच गोलिया सालको काठ नियन्त्रणमा लगिएको  हो । १०२ दशमलव ५८ क्यूफिट सालको काठ प्रहरीले बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरीले ट्याक्टरसहितको काठ बरामद गरेको हो । इलाका प्रहरी कार्यालय सुखडले काठ सव डिभिजन वन कार्यालयमा बुझाउने छ । प्रहरी देखेपछि तस्कर ट्याक्टर छोडेर फरार भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार