काठमाडौं । एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार सांसद रायमाझी आज पक्राउ परेका हुन् । फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार उनी बुढानिलकण्ठबाट पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
दुई साताअघि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएपनि आत्मसमर्पण गर्न प्रहरीले सहजीकरण गरेपछि झुक्याउँदै उनी फरार भएका थिए ।