डोटीका भूकम्प पीडितलाई काठमाडौंले दियोे १० लाख

माैलिक संवाददाता 1907+ समाचार ( )
२ पौष २०७९, शनिबार

धनगढी । डोटीका भूकम्प पीडितलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । काठमाडौं महानगरले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख रुपैयाँ सहयोग गरेको हो । 

डोटीमा कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घरटहरा भत्किएको थियो ।

महानगरमा डोटीका भूकम्प पीडितका लागि सहयोगको अनुरोध आएपछि महानगरबाट विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख सहयोग गरेको हो । मेयर बालेन शाहले नेपालका दुरदराजमा नागरिकहरुले दुस्ख पाइरहँदा काठमाडौंमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि रहेको भन्दै गुनासो गरे ।

उनले फेसबुकमार्फत भनेका छन्, ‘काठमाडौंमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ । तर, डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने विषय पनि मानिदैन ।’ पीडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिक रुपमा चासो समेत नभएको गुनासो गरे ।

उनले लेखेका छन्, ‘परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको छ । चितुवाको डर छदैछ, त्यसमाथि पुष महिना सुरु भइसक्यो । जाडो बढेको छ । हिउँ पर्न सुरु हुन्छ । अब जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न लाग्दैन ।

ति पिडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिकरुपमा चासोसम्म देखिदैन । पीडितहरुको पीडामा अरुको चिन्ता छ भन्ने अनुभूतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ । मेयर साहले १० लाख भन्दा बढी सहयोग गर्न महानगरका केही सीमाहरु रहेको बताए ।

उनले राज्य संयन्त्र, सम्बन्धित मन्त्रालय, सांसद ,सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिहरुको पहलमा पनि डोटीका भूकम्प पीडितहरुलाई सहयोग गर्न अनुरोध गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार